INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्षले घरेलु हिंसा घटनाकी पीडित २७ वर्षीया महिलालाई ०८१ पुस ४ गते इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरधाममा १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडितलाई आर्थिक सहयोग बापत १० हजार रुपियाँ बराबरको चेक इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवले हस्तान्तरण गर्नु भयो ।

यादवका अनुसार पीडितलाई निजका पति ३० वर्षीय दीपक शाहले दुई वर्षदेखि खान लाउन नदिइ कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको र पीडित आर्थिक अवस्था कमजोर रहेको छ ।

आरोपित पतिले कुटपिट तथा यातना दिएको विषयमा पीडित र आरोपितबीच जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पटकपटक छलफल भएपनि कुनै निष्कर्षमा आउँन नसक्दा पीडितले आरोपित पतिविरुद्ध जिल्ला अदालतमा अंश सम्बन्धी मुद्दा दर्ता गराएको जानकारी यादवले दिनु भयो ।

पीडित महिलाले आरोपित पतिको सम्बन्ध पर स्त्रिसँग रहेकोले आफूलगायत सात वर्षीया छोरी माथि कुटपिट तथा हिंसा गरेको बताउनु भयो । पीडितले न्यायको पहल र आर्थिक सहयोग गरिदिनुहुन भनि इन्सेक धनुषा प्रतिनिधि मार्फत इन्सेक मधेस प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो ।

अन्य

भिडियो