INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१५ कनरीकी घरेलु हिंसा घटनाका पीडित ३२ वर्षीया कुमारीशसिला सिंहको न्यायमा पहुँच पुगाउनका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित महिलाई पति गोविन्द शाहले पटकपटक कुटपिट गरी खानलाउन नदिएर घर निकाला गरेपछि पीडित माइती घरमा बस्दै आएपनि ०८१ माघ १८ गते आरोपित पतिले माईती घरमा समेत आगो लगाइदिएपछि हिंसा सहन नसकेर अपराधिक उपद्रसम्बन्धीे मुद्दा जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको पीडितले बताउनु भयो ।

जिल्ला अदातलमा मुद्दा दर्ता गरिएको भए पनि आर्थिक अभावका कारण जिल्ला अदालतमा आउनजाँनका लागि समेत समस्य भई न्याय प्रक्रियामा ढिलाई हुदै आएको भन्दै पीडितले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

अन्य

भिडियो