INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस २ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ हरीयाली टोलकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया दिपा कुमालको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।

सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण समस्या उत्पन्न भएको भन्दै नीड्स नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले घटनाको अध्ययन गरी आर्थिक सहयोग प्रदान गरको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

पति रामसिंह चौधरीले आफू र छोरालाई पटकपटक कुटपिट गरी शारीरिक र मानसिक यातना दिने र घर निकाला गरेपछि माइतीको शरणमा बस्दै ०८१ मङ्सिर २६ गते जिल्ला अदालत, कैलालीमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको पीडित दिपा कुमालले बताउनु भयो ।

आर्थिक अभावले न्यायिक प्रक्रियामा समस्या उत्पन्न भइरहको बेला इन्सेकले आर्थिक सहयोग गरेकोले न्यायिक प्रक्रिया सहज हुने उहाँले बताउनु भयो ।

अन्य

भिडियो