INSEC Online

📅 २०८३ जेष्ठ २१

घटना सार्वजनिक हुँदा कूचलन हट्दै

सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक गर्दा सामाजिक कूचलन र ज्यादतीमा कमी आएको बताएका छन् ।

Photo20181128Dailekh (3)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गर्न मङ्सिर १० गते दैलेखमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत सार्वजनिक हुने क्रममा समाजका विकृति तथा कूचलन हट्दै गरेका र प्रहरीको अनुसन्धान शैलीमा समेत सुधार आएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

Photo20181128Dailekh (2)

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मधु सुनामले इन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तक आयोग आफैँ र धेरैले आधिकारिक श्रोतका रूपमा प्रयोग गर्ने भएकाले तथ्याङ्क, तथ्य र सत्यतामा चुक्न नहुने सुझाव दिइन् ।

इन्सेकले सङ्कलन गरेको तथ्याङ्क अनुसार दैलेखमा सन् २०१८ को जनवरीदेखि यता ११ महिनामा सबैभन्दा धेरै बहुविवाहका घटना १७ ओटा, कानुनी प्रक्रियामा गएका बालविवाहका सात ओटा, बालकको हत्या तीन, कथित बोक्सीको आरोपमा दुई, बलात्कार तथा यौन दुर्व्यवहारका ६, जातीय विभेदका पाँच, बाल अधिकार हनन्का चार, पारिवारिक हत्या एक र घरेलु हिंसाका ४ ओटा घटना छन् ।

अमर सुनार

अन्य

भिडियो