INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगतको सन्दकपुर गाउँपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीगहरूले कृषिवालीको बीमा हुनु पर्नेमा जोड दिएका छन् ।  कार्यक्रममा सहभागी सन्तोष खतिवडाले कृषि र पशु प्राविधिकको उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले गाउँपालिकाबाट वितरण हुने बीउ विजनको अनुगमन गर्नुपर्ने, रैथाने खाद्य पदार्थ तथा पशुपंक्षीहरु व्यवस्थित गर्न गाउँपालिकाको विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो ।

अन्तरक्रियामा शोभा पराजुलीले आफूहरु निर्वाचित भएपछि कृषि क्षेत्रमा धेरै काम गरेको बताउनु भयो । उहाँले खाद्य अधिकारका सवालहरुलाई गाउँपालिकाले आफ्ना योजनाहरुमा समेट्ने प्रतिवद्धता जनाउनु भयो ।

इन्सेकले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार अन्तरगत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबीच छलफल गराएको इन्सेक सहजकर्ता नारद चापागाईले बताउनु भयो ।

Photo 20201204 Ilam (1)

Photo 20201204 Ilam (2)

Photo 20201204 Ilam (4)

अन्य

भिडियो