INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता विकास कार्यशाला सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामो हिंसा निगरानी समुहका सदस्यहरूको क्षमता विकासका लागि मानव अधिकार सिद्धान्तहरूका सैद्धान्तिक बुझाई विषयक कार्यशाला सम्पन्न गरिएको छ ।

भर्चुअल मार्फत असार १५ गते गरिएको कार्यक्रममा सहभागीहरूले लकडाउनको समयमा घरेलु हिंसा र बलात्कारका घट्नाहरू नरोकिएको, पीडितहरू न्यायिक प्रक्रियामा पुग्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले लकडाउनको समयमा घरेलु हिंसाका घटनालाई कसरी न्युनिकरण गर्ने र उनीहरूलाई न्यायिक प्रक्रियामा प¥याउने भन्ने विषयमा सचेतिकरण गर्न कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।

इन्सेकद्वारा वीरेन्द्रनगर नगरपालिकामा गठित हिंसा निगरानी समूहका सदस्य तथा सल्लाहकारहरूको उपस्थितीमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी सुशिल चौधरीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोम प्रसाद चौधरीले गर्नु भएको थियो ।

अन्य

भिडियो