INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कोभिड–१९ ले मानव अधिकार रक्षकलाई पारेको प्रभावसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते डडेल्धुरामा सम्पन्न भएको छ ।

कोभिड–१९ सङ्क्रमणका बेला अग्रपङ्तिमा खटिएर काम गर्ने मानव अधिकारकर्मीहरुलाई सरकारले प्राथमिकतामा राख्न नसकेको अधिकारकर्मीहरुले गुनासो गरेका छन् ।

कोभिड सङ्क्रमणको समयमा अग्रपङ्तिमा रहेर काम गर्ने मानव अधिकारकर्मीहरुलाई सरकारले कोभिड विरुद्धको खोपसम्म उपलब्ध गराउन नसकेको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

उहाँले कोभिड–१९ सङ्क्रमणको शुरुको अवस्थामा सङ्क्रमितलाई समाजिक रुपमै तिरस्कार गर्ने परिपार्टी देखिएकाले यसले मानव सभ्यतामा गम्भिर असर पुगेको बताउनु भयो । इन्सेकले कोभिड माहाभारीका समयमा मानव अधिकार रक्षकहरुले भोग्नु परेका समस्याहरु समावेश गरी एक अध्ययन पुस्तक पनि प्रकाशन गरेको प्रदेश संयोजक जोशीले बताउनु भयो ।

कोभिड सङ्क्रमणको शुरुका दिनमा स्वास्थ्य संस्था र अस्पताहरुसँग आवश्यक सुरक्षा सामाग्री पीडिई नै नहुँदा सङ्क्रमित व्यक्तिहरुलाई चेकजाँच तथा उपचार गर्न र कोभिड सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा जोखिम मोलेख स्वास्थ्यकर्मीहरुले काम गर्नु परेको स्वास्थ्य कार्यालय, डडेल्धुराका कोभिड फोकल व्यक्ति हरीप्रसाद भट्टले बताउनु भयो ।

उहाँले अहिलेको अवस्थामा भने किट, सुरक्षा सामाग्री (पीपिई), अक्सिजनलगायत अन्य सामाग्री कार्यालयसँग पर्याप्त मात्रमा रहेको बताउनु भयो ।

कोभिड सङ्क्रमण उच्च रहेको समयामा सुरक्षा सामाग्री नहुँदा सूचना सङ्कलन गर्न तथा  प्रसार गर्न सञ्चारकर्मी तथा पत्रकारहरुलाई समस्या उत्पन्न भएको र कोभिड माहामारी नियन्त्रण गर्न सरकारले जारी गरेको निषेध आदेशका कारण सञ्चार गृह बन्द रहदा हजारौँ सञ्चारकर्मीहरु बेरोजगार बन्न पुगेको पत्रकार महासङ्घ, डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले बताउनु भयो ।

photo20210923dadeldhura (2)

photo20210923dadeldhura (1)

अन्य

भिडियो