इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र डिसीएको सहकार्यमा कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ फागुन २२ गते हसुलियामा सम्पन्नभएको छ ।
मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले मानव अधिकार समूहका पदाधिकारीहरुसँग मानव अधिकारका सवालमा काम गरिरहदाको अनुभव आदानप्रदान तथा पुनरावलोकनका र ११५ औँ अन्तराष्ट्रिय नारी दिवस मनाउने सन्दर्भमा छलफल गरिएको बताउनु भयो ।

मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले मानव अधिकार समूहका पदाधिकारी सक्रीय नहुँदा नागरिकाका मुद्दा उठान नसकिएको र मानव अधिकार समूहसँग बजेटको अभावहरु काम गर्न समस्या भएको बताउनु भयो ।
इन्सेक कैलालीका सहजकर्ता वीरेन्द्र शाहले एक आपसमा विचार साटासाट गर्न र मानव अधिकार समूहलाई सक्रिय बनाउन सम्पूर्ण पदाधिकारीहरुले एकवद्ध भएर नागरिकका आधारभूत मानव अधिकारका सवाल उठाएर स्थानीय सरकारलाई जबाफदेही बनाउन आवश्यक रहेको बताउनु भयो ।
