INSEC Online

📅 २०८३ जेष्ठ २१

कियोस परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न

इन्सेकद्वारा सञ्चालित कियोस परियोजनाको अभिमुखिकरण कार्यक्रम साउन २७ गते नेपालगञ्जमा सम्पन्न्न भएको छ ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले गरेका कामबाट उपलब्धी खोज्नु पर्ने बताउनु भयो ।  उहाँले इन्सेक अभियानसँग जोडिएकाले यसलाई अझ राम्रो बनाउनका लागि सबैले  भूमिका खेल्नु पर्ने बताउनु भयो ।

photo2021081301banke

कार्यकारी निर्देशक गौतमले स्थानीय तहबाट प्रवाह हुने सेवाहरू के कस्ता छन् र त्यसमा आम नागरिकहरूको पहुँच भए नभएको विषयमा ध्यान दिनु पर्ने बताउनु भयो ।

मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले इन्सेकद्वारा सञ्चालित परियोजनाहरूको उपलब्धि खोज्न कार्यक्रमको  आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा इन्सेकका  प्रदेश प्रमुख,  कार्यक्रम फोकल पर्सन र जिल्ला सहजकर्ताहरूको सहभागिता रहेको थियो ।

अन्य

भिडियो