INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक

WhatsApp Image 2024-07-10 at 8.44.00 AM

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित मानाव अधिकार समूहले ०८१ असार २४ गते मानव अधिकार समूहको कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहबाट शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरूबारे समीक्षा गर्दै आगामी कार्ययोजना र रणनीतिक योजना सम्बन्धमा निर्णय गरेको छ ।

उक्तबाट बटेश्वर गाउँपालिकाका अध्यक्षलाई विभिन्न कार्यक्रम र नीति निर्माण कार्यन्वायन सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएको र ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन बटेश्वर गाउँपालिका वडा नं ५ शान्तिपुरस्थित मस्लिम टोलमा रहेको मदरसाको प्राङ्गनमा वृक्षरोपण कार्यक्रम, १६ दिने लैङ्गिक महिला हिंसा दिवसका दिनमा बटेश्वर गाउँपालिका वडा नं ४ मा हस्ताक्षर क्याम्पिङ कार्यक्रम, विभिन्न विद्यालयका बाल अधिकार सचेतना समूहले सडक नाटकमा सहभागिता, ११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रममा, गाउँपालिकाका मानव अधिकार समूहको सहभागिता रहेको छ ।

इन्सेकद्वारा बटेश्वर गाउँपालिकामा सञ्चालित शिक्षा कार्यक्रम अन्तरगतका शिक्षा, स्वास्थ्य, वातावरण र विभेद तथा महिला हिंसा न्यूनीकरणलगायतका कार्यक्रमहरूको सफलतापूर्ण कार्यन्वयनका लागि बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहको निरन्तर साथ, सहयोग र सहभागिता रहने मानव अधिकार समूहका अध्यक्ष सुरज महत्तोले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार गर्नुभयो ।

WhatsApp Image 2024-07-10 at 8.44.01 AM (1)

WhatsApp Image 2024-07-10 at 8.44.01 AM

अन्य

भिडियो