INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यक्रम सञ्चालन गर्न बाल अधिकार चेतना समूहलाई रकम हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न पुस २७ गते क्षिरेश्वरनाथ नगरपालिका–५ को श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयको बाल अधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार चेतना समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समुहको कोष सञ्चालन गर्न रकम सहयोग गरेको समूहका अध्यक्ष मोनिका श्रेष्ठले बताउनु भयो ।

कोष हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुसाहेव यादवले इन्सेकले दिएको रकमबाट शैक्षिक क्रियाकलाप र समाजमा जनचेतनामुलक कार्यक्रमको लागि खर्च गर्न आग्रह गर्नु भयो ।

कोषबाट विद्यालयमा बालबालिकाहरूले सडक नाटक, जनचेतनामुलक प्रभातफेरी, दलित समुदायका बालबालिकाहरूको लागि शैक्षिक सामग्री प्रदान गर्ने लगायतको काम गर्ने समूहले कार्ययोजना लिएको समूहका कार्यक्रम व्यवस्थापन प्रमुख अञ्जलीकुमारी महतोले बताउनु भयो ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष शोभा सिंह भण्डारीले इन्सेकले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले राम्रो कार्ययोजना तयार गरेकोमा खुशी व्यक्त गर्दै यस्ता सामाजिक गतिविधिले गर्दा विद्यालय, विद्यार्थी, अभिभावक र समाजमा समेत सकारात्मक धारणाको विकास हुने र विद्यार्थीहरूमा समेत आत्मबल बढ्ने भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो ।

photo20220112dhanusha

अन्य

भिडियो