खाँडाचक्र नगरपालिका–९ की ४२ वर्षीया राजु मल्ललाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा मार्फत ०८२ असार २९ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
पति ४७ वर्षीय हस्तबहादुर मल्लले दोस्रो विवाह गरेर वस्ता नगरेको र घर छोड्न धम्की दिएपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेक, कर्णाली प्रदेश कार्यालयमा सहयोगको लागि असार २४ गते निवेदन दिनुभएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग रकम प्रदान गरिएको हो ।
पीडितले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।