आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी कनकासुन्दरी गाउँपालिका–८, सुमलगाउँकी २६ वर्षीया विमला दमाईलाई ०८१ कात्तिक २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासङ्घका पुर्व केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँ लगायत व्यक्तिहरूको उपस्थितिमा जिल्ला कानुनी साहेता केन्द्रका अधिवक्ता नन्दबहादुर खत्रीले पीडितलाई १० हजार रुपियाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
पति विदेश भएको अवस्थामा सासु, ससुरा र नन्दले घरेलु हिंसा गरेको अरोपमा उहाँले जिल्ला अदालत जुम्लामा मुद्दा दर्ता गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘पति विदेश गएको पाँच वर्ष भयो । साथमा अहिले एक जना छोरी छन् । छोरीसहित अहिले सिंजा गाउँपालिका–१, जाँचगाउँ माइती घरमा बस्दै आएको छु । मुद्दा चालु अवस्थामा रहेको छ ।’