INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ जेठ २१ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
१५ वर्षीया बलात्कार पीडित बालिकालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको परिवारिक आर्थिक अवस्था दयनीय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ मनिकापुर शिविरका २५ वर्र्षीय विनोद नेपालीले पीडित बालिकालाई ०८२ पुस २४ गते विवाहको प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको भन्दै पीडित परिवारले ०८३ जेठ ११ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो