INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

 

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी  पातारासी गाउँपालिका–२ तल्फी गाउँकी  २९ वर्षीया हिरकली बोहोरालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ भदौ २७ गते ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ ।

उहाँका पति  यमबहादुर बोहोराले कुटपिट गर्दै घर निकाला गरेपछि खाना खर्चसहितको सम्बन्ध विच्छेद गर्नका लागि जिल्ला अदालतमा मुद्दा दर्ताका लागि सहयोग पाउँ भन्दै ०८२ भदौ १८  गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । भदौ १९ गते बसेको मानव अधिकार सहायता कक्षको बैठकले उहाँलाई ७ हजार ५ सय रुपियाँ दिने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

 

अन्य

भिडियो