INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्या भोगेकी वीरेन्द्रनगर नगरपालिका–१३, इन्द्रपुर टोल बस्दै आउनु भएकी ५३ वर्षीया चन्दकला राईलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ जेठ २९ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।
२०६७ सालदेखि उहाँका पति बलबहादुर राई भारतमा कमाउन जान्छु भनी गएकोमा बेपत्ता भएकाेले  सुर्खेत जिल्ला अदालतमा मृत्युको न्यायिक घाेषणाका लागि कानुनी प्रक्रियामा जान समस्या परेको भन्दै ०८२ जेठ ९ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । जेठ २९ गते नै बसेको सचिवालय बैठकले उनलाई १० हजार रुपियाँ दिने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

अन्य

भिडियो