INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

६ वर्षीया दुई जना र सात वर्षीया बालिकालाई इन्सेकले ०८१ चैत ११ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ ।

पीडित बालिकाहरूलाई आरोपितले ०८१ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ११ गते इलाका प्रहरी कार्यालय, सुलिचौरमा उजुरी दिएको थियो । पीडितहरूको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पताल, रेउघामा भएको थियो ।

पीडितहरूलाई कानुनी प्रक्रियामा जान समस्या परेको भन्दै चैत १३ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो । पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षले नगद ८ हजार रुपियाँका दरले आर्थिक सहयोग गरेको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले जानकारी दिनुभयो ।

पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपि र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक महतको भनाइ छ ।

अन्य

भिडियो