INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ ।

उहाँका पति पहलमान खड्काले खान लाउन नदिइ घरेलु हिंसा गरेपछि अदालतमा कानुनी उपचार गर्न समस्या परेको भन्दै माघ ११ गते इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो । पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको फागुन २१ गते बसेको सचिवालय बैठकको निर्णय अनुसार नगद ८ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपि र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

अन्य

भिडियो