INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २७ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन २१ गते भेरी अस्पताल नेपालगञ्जमा भयो । उजुरी पश्चात घटनाका आरोपित फरार रहेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले बताउनु भयो ।

अन्य

भिडियो