आर्थिक अवस्था कमजोर भएकी नेपालगञ्ज उपमहानगरपालिका–४ की २४ वर्षीया हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जान इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले ०८३ असार ३ गते आर्थिक सहयोग उपलब्ध गराएको छ। संस्थाले संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत पीडितलाई १० हजार रुपियाँ सहयोग गरेको हो ।
फातिमा फाउन्डेसन नेपालको सिफारिस र पीडितले ०८३ असार १ गते दिएको निवेदन अनुसार घरेलुहिंसा पीडित महिलाले पति आदिल बेहनाविरुद्ध बाँके जिल्ला अदालत नेपालगञ्जमा खाना खर्च र अंश मुद्दा २०८२ पुस २० गते दर्ता गराएको मुद्दा विचाराधीन रहेको छ र आर्थिक अभावले गर्दा मुद्दालाई निरन्तरता दिन कठिन भएको उल्लेख गरिएको छ । उहाँलाई बच्चा गर्भावस्थामा नै रहदा तलाक भन्दै घर निकाला गरेपछि पीडित माइतीमा बस्दै आएको बताउनु भयो । पीडितको २८ दिनको बच्चा रहेको पीडितको बुवा वकिल अहमद हलावाईले जानकारी दिनुभयो ।
सहयोग रकमले आफ्नो छोरीको न्यायको लागि मुद्दा मामिलाको लागी आवश्यक मसलन्द र अदालतसम्म जान आउनका लागि सहयोग पुग्ने पीडितको बुवा वकिल अहमद हलावाईले बताउनु भयो ।