INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी दैलेख गुराँस गाउँपालिका–५, गोगनपानी स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनमा बस्दै आउनुभएकी ४२ वर्षीया टिका दमाइलाई ०८१ असोज २ गते इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

४२ वर्षीय पति कमल दमाईले ०८१ वैशाख १ गते मदिरा सेवन गरेर इट्टा र दाउराले मरणसन्न हुनेगरी कुटपिट गरेको र विगत पाँच वर्षदेखि शारीरिक र मानसिक यातना दिँदै आएको पीडितले बताउनु भयो । पीडितले हिंसा गर्न थालेपछि पतिसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसा विरुद्ध जिल्ला अदालत सुर्खेतमा ०८१ जेठ ११ गते मुद्दा दायर गर्नुभएको छ । अदालतमा मुद्दाको लागि आवतजावतमा समस्या भएको भन्दै पीडितले आर्थिक समस्या र कानुनी प्रक्रियामा जानका लागि कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा भदौ १३ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको ०८१ भदौ २५ गते बसेको बैठकको निर्णय अनुसार नगद ९ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

अन्य

भिडियो