INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मात्र मानव अधिकारको संरक्षण हुने

कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने ०८२ असार ६ गते तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गन्डकी प्रदेश र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले मानव अधिकारको संरक्षण र मानव अधिकार रक्षकका अधिकारहरु संरक्षणका लागि विशेष गरी राज्यपक्ष गम्भीर बन्नुपर्ने बताउनु भयो ।

Photo 2025-06-21 Tanahu (2) कार्यक्रमका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोकतन्त्र सुदृढ नहुँदासम्म मानव अधिकार सुरक्षित नहुने भन्दै राज्य र गैरराज्य दर्वैै पक्षबाट हुने हननविरुद्ध सचेत रहनुपर्ने बताउनु भयो । उहाँले नागरिक स्वयं सचेत नभएसम्म मानव अधिकार संरक्षण असम्भव हुने बताउनु भयो । उहाँले मानव अधिकारको प्रत्याभुतीका लागि व्यक्ति स्वयं सचेत हुनुपर्ने बताउनु भयो ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले विद्यालय तहमै मानव अधिकारको विषय समेट्नुपर्ने बताउनु भयो । अध्यक्ष थापाले मानवअधिकारको रक्षा र सम्बद्र्धनका लागि पालिका गम्भीर भएको र आगामी वर्षको नीति तथा कार्यक्रममा मानव अधिकारको विषय सम्बोधन गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले राज्य नै मानव अधिकारको संरक्षक भएको हुँदा राज्यले गर्ने हरेक क्रियाकलाप मानव अधिकार संरक्षण र प्रबद्र्धनको निम्ति हुने बताउनु भयो । नागरिकले अधिकारको कुरा गर्दा आफ्नो कतव्र्य र जिम्मेबारी पनि भुल्न नहुने प्रजिअ अधिकारीले बताउनु भयो । उहाँले राज्यका हरेक निकायले गर्ने काम मानवअधिकार मैत्री हुनुपर्ने बताउनु भयो ।

Photo 2025-06-21 Tanahu (3)

मुख्यमन्त्री कार्यालय गन्डकी प्रदेशका कानुन महाशाखाका सचिव रामजी दनैले कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन सम्भव हुने बताउँदै मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि गन्डकी प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको बताउनु भयो ।

मन्त्रालयका सचिव दनैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री कार्यालय गन्डकी प्रदेशका उपसचिव सुरणप्रसाद शर्मा पौडेल, बन्दीपुर अस्पतालका मेसु डा. अनिल गिरी, गैसस महासंघ तनहुँकी अध्यक्ष सरला श्रेष्ठ, महिला मानव अधिकार रक्षक सन्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेलले राज्यका सबै तहका निकाय र नागरिकले मानव अधिकारको संरक्षणमा भूमिका खेल्नुपर्ने बताउनु भएको थियो ।

Photo 2025-06-21 Tanahu (1)

उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले मान अधिकार रक्षकको अधिकार सम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय प्रयास तथा राष्ट्रिय मानव अधिकार आयोगको भुमिका, इन्सेक गन्डकी प्रदेशका प्रमुख शिव खकुरेलले मानवअधिकार रक्षक र उनीहरुको समस्या र चुनौती तथा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पत्रकारका समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पत्रकार, स्वास्थ्यकर्मी, महिला अधिकार रक्षक तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको सो कार्यक्रमको सन्चालन इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।

अन्य

भिडियो