INSEC Online

📅 २०८३ जेष्ठ २१

काठेखोला गाउँपालिकामा मानव अधिकार समूह गठन

बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा मानव अधिकार समुह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको पहलमा दलित मानव अधिकार समूह कात्तिक १४ गते गठन गरिएको छ ।

इन्सेकको आयोजनामा दलित समुदायसँग मानव अधिकारको अवस्थाबारे गरिएको अन्तरक्रिया कार्यक्रममा महेन्द्रबहादुर बस्यालको अध्यक्षतामा ६ सदस्यको समूह गठन गरिएको छ ।

photo20211103Baglung1

इन्सेक गण्डकी प्रदेशका कार्यक्रम अधिकृत सवनम शर्माको उपस्थितीमा गठन गरिएको उक्त समूहको सदस्यमा कुलबहादुर नेपाली, भुमिकला किसान, हर्कबहादुर किसान, चन्द्र बहादुर किसान, अनिता नेपाली र सम्झना किसान रहनुभएको छ ।

कार्यक्रमका सहभागीहरुले आफूहरु सधै उत्पीडन र विभेदमा परे पनि व्यक्तिको आवाज कसैले नसुनेको भन्दै संगठित भएर अधिकारको लडाई लडने बताएका थिए ।

Photo20211103Baglung2

‘मठमन्दिर, धारा, पाटीपौवा देखि सबै ठाउँमा हामीहरुले विभेद भोग्दै आएका छौ,’– कार्यक्रममा सहभागी दिपक किसानले भन्नुभयो –‘एक थुकि सुकी भने जस्तै भएको छ, आगामी दिनमा समूहमार्फत अधिकार खोज्नेछौ, नपाए कानुनी प्रक्रियामा जानेछौं ।’

कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य सन्तुष्टी किसानले जातीय विभेदमामात्रै नभएर समूहले दलित जातीको उत्थानमा पनि एकतावद्ध भएर अगाडि बढनुपर्ने बताउनुभएको थियो ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न देखि लिएर स्थानीय सरकारबाट प्राप्त हुने सबै कार्यक्रममा दलित समुदायको पहुँच पु¥याउन समूह सक्रिय हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रम स्थानीय कुलबहादुर नेपालीको अध्यक्षता, वुद्धिकला किसानको स्वागत तथा इन्सेक बागलुङका सहजकर्ता आर्य किसानको सञ्चालनमा सम्पन्न गरिएको थियो ।

अन्य

भिडियो