INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशका जिल्लाहरूको घटनाहरूको वार्षिक सम्पादन भेला सुरू

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको वार्षिक सम्पादन भेला पुस ७ गतेबाट सुर्खेतमा सुरू भएको छ ।
पुस ७ र ८ गते सम्म चल्ने सम्पादन भेलामा कर्णाली प्रदेशमा रहेका जिल्लाहरूबाट सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्ला प्रतिनिधिले सङ्कलन गरेका घटना तथा सामग्रीहरू सम्पादन गरिने इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
सम्पादन भेलामा इन्सेक केन्द्रीय कार्यालयका गोविन्दप्रसाद त्रिपाठीले सम्पादन भेलाका बारेमा जानकारी दिँदै यस वर्षको वर्ष पुस्तकमा समावेश गरिने विषय वस्तुका बारेमा कार्यक्रमका सहभागीहरूलाई प्रष्ट पार्नुभयो ।
इन्सेक केन्द्रीय कार्यालयकै रमेशप्रसाद तिमल्सिनाले वर्ष पुस्तकमा समवेस गरिने विषयवस्तुलाई लामो समय पछि पनि सरोकारवालाहरूले श्रोतका रूपमा प्रयोग गरिरहेको उदाहरण दिँदै विषयवस्तुमा प्रयोग गरिने सुचनाको विश्वसनियतामा जोड दिन आग्रह गर्नुभयो ।
सम्पादन भेलाको उद्घाटन सत्रमा कर्णाली प्रदेशका जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

Photo20191223Sukhet03

Photo20191223Surkhet01

Photo20191223Surkhet02

Photo20191223Surkhet04

अन्य

भिडियो