INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक वर्ष पुस्तक कानुन निर्माणमा सहयोगी : सांसद केसी

सङ्घिय सांसद मनकुमारी केसीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको वर्ष पुस्तक देशको कानुन निर्माणमा समेत सहयोगी भएको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा पुस ५ गते बागलुङमा आयोजना गरिएको मानव अधिकार वर्ष पुस्तक – २०२१ प्रकाशनको पूर्व वर्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

photo20201221Baglung1

सांसद केसीले महिला, बालबालिका, अपाङगता भएका, जेष्ठ नागरिक र विभेदमा परेकाहरूलाई न्यायको पहुँचमा ल्याउन र अधिकार दिलाउनको लागि इन्सेक र इन्सेकका प्रकाशनहरू धेरै सहयोगी भएको बताउनुभयो ।

राज्यले राख्न नसकेको अभिलेख इन्सेकले राखेर राज्यलाई गम्भीर बनाउनको लागि इन्सेकले खेलेको भूमिका महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

कार्यक्रमा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जिल्लाका स्थानिय तहमा रहेका न्यायीक समितिलाई सक्रिय बनाउनको लागि इन्सेकले भुमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

photo20201221Baglung4

उहाँले न्यायिक समितिलाई अहिले पनि पीडितले विश्वास गर्न नसकेको भन्दै न्यायीक समितिहरू पीडित मैत्री बन्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलले गाउँगाउँमा जातिय विभेद, बालविवाहका घटनाहरू घटिरहेको भन्दै प्रहरी प्रशासनमा मात्र केन्द्रित नभएर इन्सेकले सिघै पीडित समक्ष पुग्नुपर्ने बताउनुभएको थियो ।

उहाँले इन्सेकले तथ्याङ्क सङ्कलनमा भन्दा पीडितलाई न्यायको पहुँचमा पुर्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।

photo20201221Baglung5

समिक्षा कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती दिपेन्द्र थापाले मानव अधिकारको क्षेत्र रहेकाले अध्ययन र अनुगमनको दायरामा पनि बृद्धि गर्नुपर्ने बताउनुभएको थियो ।

कोभिड–१९ को बेला राज्यबाट चरम मानव अधिकार उल्लङ्घनका घटना घटे पनि अहिले सम्म त्यसको तथ्याङ्क कसैले नराखेको बताउनुभयो ।

उहाँले पछिल्लो समय शिक्षा, स्वास्थ्य र खाद्यको अधिकारमा सरकार गम्भीर नभएको भन्दै सबैभन्दा ठुलो मानव अधिकार उल्लङ्घन राज्यबाट भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल बाल संगठन बागलुङका सभापति रामबहादुर जिसी, अन्तरपार्टी महिला सञ्जालका संयोजक कुशुम बुढा, राष्ट्रिय सहकारी महासङ्घका केन्द्रिय सदस्य हुमा कुमारी जिसी, अखिल नेपाल महिला सङ्घका केन्द्रिय सदस्य भिमा अधिकारी, नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव राम थापा (अविरल), नागरिक समाजका देबबहादुर श्रेष्ठ, अधिवक्ता लक्ष्मी जिसी कार्की र पत्रकार तारानाथ आचार्य लगाएतले बोल्नुभएको थियो ।

photo20201221Baglung2

समिक्षा कार्यक्रममा इन्सेकले मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सन् २०२० को जनवरी देखि नोभेम्बरसम्म बागलुङ जिल्लामा सङ्कलन गरेका बाल अधिकारका ६ घटना, महिलाविरूद्ध हुने हिंसा आठ घटना, घरेलु हिंसाका ४२ घटना, सामाजिक तथा साँस्कृतिक अधिकार एक घटना, राजनीतिक अधिकारका चार घटना , गाली बेइज्जती एक र कुटपिटको एक ओटा गरी ६६ ओटा घटनामाथि छलफल गरिएको थियो ।

photo20201221Baglung3

कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य

भिडियो