INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र मानव अधिकार समूहद्वारा नगरपालिकामा ज्ञापन पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह बाणगङ्गाले विभिन्न माग राख्दै  बाणगङ्गा नपाका प्रमुख प्रशासकीय अधिकृत लगायत विषयगत शाखा प्रमुखहरूलाई माघ १४ गते  ज्ञापन पत्र बुझाएको छ ।

खाद्य सुरक्षा सम्बन्धी कानुन बनि सकेको अवस्थामा अखाद्य बस्तु मिसावट हुने गरेको मानव स्वास्थ्यलाई हानी पुरयाउने नक्कली मह बनाएर निर्वाध रुपमा बिक्री बितरण भइरहेकोले उक्त कार्यमा रोक लगाउनु पर्ने, किसानलाई बिक्री गरिएको गरिमा धानबाट किसान मर्कामा परेकोले उचित क्षतिपुर्ति दिनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझ्दै बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले  ज्ञापन पत्रमा उल्लेख गरिएका बिषयहरूको सामाधानकालागि पहल गर्ने  प्रतिवद्धता जनाउनु भएको थियो ।

आर्थिक वर्ष ०७५/०७६ मा नेपाल सरकारले तराई फल्ने भनि सुचिकृत गरेको गरिमा धानको बिउ प्रयोग गर्दा उत्पादन ढिलो र  कम भएकोले कानुन बमोजिम क्षतिपुर्ति पाउने व्यवस्था अनुसार क्षतिपुर्तिकालागि पहल गरिदिन कृषकहरूले   इन्सेक र मानव अधिकार समूहमा निवेदन दिएका थिए ।

 

2020012801kapilvastu

अन्य

भिडियो