INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र मानव अधिकार समूह कपिलवस्तुद्वारा नव जीवन संस्थाको अनुगमन

इन्सेक र मानव अधिकार समूहले कपिलवस्तु नगरपालिका –३ क्याम्पस टोलस्थित नव जिवन संस्थाको माघ २९ गते अनुगमन गरेको छ ।

अनुगमनका क्रममा संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँगै अन्य समुदायलाई समेत सेवा दिदै आएको पाइयो । ०६७ मा स्थापना भएको नव जीवन संस्थाले जिल्लामा रहेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको यौन स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको नव जीवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा बिष्टले बताउनु भयो ।

संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूकालागि जिविकोपार्जन र स्वास्थ्य उपचारका लागि स्थानियतहहरूसँग  र बिभिन्न संघ संस्थाहरूसँग समन्वय गर्दै आएको संयोजक बिष्टले बताउनु भयो ।

लुम्बिनी प्रदेशले यौनिक तथा लैंगिक अल्पसंख्य समुदायलाई एक प्रतिशत मात्र आरक्षण कोटा छुट्टाएको बताउँदै समलिंगीहरूलाई पनि विवाहको लागि मान्यता दिइएको जानकारी दिदै राज्यबाट प्राप्त गर्नुपर्ने केहि अधिकारहरू सुनिश्चित भएको संयोजक बिष्टले महसुश गर्नु भयो ।

अनुगमनका क्रममा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि राम्रो काम गरेको पाइयो ।

संस्थामा स्वास्थ्य उपचारकालागि क्लीनिक , ल्याव र सामाजिक मनोविमर्श कक्षको अनुगमन गरिएको थियो । सो अवसरमा संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिस्तार गर्न सम्पूर्ण नगरपालिकाहरूसँग समन्वय गरि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अन्य समुदायलाई समेट्न नव जीवन संस्थालाई सुझाव दिनु भयो ।

photo2024021301kapilvastu

अन्य

भिडियो