INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र मानव अधिकार समूहद्वारा प्रथमिक स्वास्थ्य केन्द्रको अनुगमन

इन्सेक  र मानव अधिकार समूह मायादेवीद्वारा मायाँदेवी गाउँपालिका –७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा असोज २६ गते स्थलगत अनुगमन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सतिषप्रसाद पाण्डेयको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य सम्मिलत टोलीले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले बर्थिङ सेन्टर सञ्चालन गरिएको हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले ९८ प्रकारका औषधिहरू निशुल्क उपलब्ध गराउने भने पनि पूर्ण नभएको, मौसम अनुसारको औषधिहरू समयमा उपलब्ध नभएको, गर्भवती महिलाहले स्वास्थ्य परीक्षण गराए पनि भिडियो एक्सरे र एक्सरे सेवा लिन नपाएको, सुत्केरीहरूका लागि कम्वर्ड शौैचालयको व्यवस्था नभएको मेडिकल अफिसरको दरबन्दी रिक्त रहेको, पोषण कक्ष भएको कर्नर नभएको , वेवी वार्मरको समस्या रहेको अनुगमनका क्रममा पाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेव रिषिराम गैरेले प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसरको दरबन्दी रिक्त हुँदा सेवाग्राहीहरूलाई पूर्णरुपमा सेवा दिन नसकिएको बताउनु भयो । दक्षजनशक्ति नहुँदा अल्ट्रासाउण्ड, एक्सरे, इसिजीलगायतका सम्पूर्ण सामाग्रीहरू भए पनि प्रयोग विहीन भएको गैरेले बताउनु भयो ।

साउनदेखि हालसम्म ३८ जना सुत्केरीको प्रोतसाहन भत्ता र यातायात गाउँपालिकाले नपठाएका कारण नपाएको अनुगमनका क्रममा पाइयो ।

photo2023101404apilvastu

                                                                          photo2023101402apilvastu

अन्य

भिडियो