इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य, खाद्य, आवास, लैंगिंक विभेद, जातीय विभेद र वातावरणीलगायतको क्षेत्रमा काम गर्दै आएको र अन्यायमा परेमा पीडितहरूलाई कानुनी सहयोगकालागि आवस्यक कार्य गर्दै आएको बताउनु भयो ।
अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँचको अवस्था , यौनिक तथा अल्पसङ्ख्यकहरूका समस्याका बिषयमा अनुगमन गरी सम्बन्धित मन्त्रालयहमा ध्यानाकर्षण गर्न समूहका पदाधिकारीहरूलाई संयोजक महतले आग्रह गर्नु भयो ।
समूहका अध्यक्ष पुष्पा रेग्मीले समूह गठन भए पश्चात समूहले नगरपालिकामा सम्पन्न गरेका अभियान तथा कार्यहरूको बिषयमा जानकारी दिनु भयो ।
समूहका उपाध्यक्ष नूरमोहम्मद मुसलमानले समाजमा घट्ने हिंसाहरूको स्थलगत अनुगमन गर्न जानका लागि सहज वातावरण नभएकोले त्यसको व्यवस्थापन गरिदिन इन्सेकसँग आग्रह गर्नु भयो ।
समूहका सदस्य औरीराम चौरासियाले विद्यालयहरूनभएको बताउनु भयो ।
यसैगरी,समूहका सदस्य प्रेरणा विष्टले यौनिक तथा अल्पसंख्यक समूदायलाई राज्यले अपहेलना गरेको आरोप लगाउनु भयो ।
