अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे अनुगमन सुरु गरेको छ ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा साधारण सदस्य कृष्णमुरारी भट्ट, क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदीसहितको टोलीले वैशाख ४ गते कालिकोट जिल्लामा निर्वाचन पूर्व मानव अधिकार अवस्थाका बारेमा मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाज, स्थानीय मतदाताहरूसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा इन्सेकका कायकारी निर्देशक गौतमले १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनलाई स्वाच्छ र निश्पक्ष बनाउनका लागि इन्सेकले तीन चरणको अनुगमन अभियान थालेको बताए ।
कालिकोट जिल्ला सदरमुकाम मान्ममा आयोजित जिल्लाको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रममा सहभागीले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई नकारात्मक असर पर्ने गतिविधिलाई निरुत्साहित बनाउन नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।
कालीबहादुर मल्ल