INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा दुई ओटा विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

इन्सेक सल्यानले शारदा नगरपालिकाको महेन्द्र रत्न मावि हिवल्चा र बनाड कुपिण्डे नगरपालिकाको प्रभाकर माविलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत मङ्सिर २८ गते बाल अधिकार चेतना समूह गठन भएको र समूहले बनाएको कार्ययोजना कार्यान्वयनको लागि प्रति विद्यालय ७ हजार ३ सय ७१ रूपियाँ प्रदान गरिएको हो ।

इन्सेक जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले हस्तान्तरण गरेको सहयोग रकम बुझ्दै महेन्द्र रत्न मावि हिवल्चाका प्रधानाध्यापक जित बहादुर बुढाथोकीले विद्यार्थीहरूलाइ मध्यनजर गर्दै सहयोग रकम दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बालबालिकाहरूले बनाएको कार्ययोजनालाइ कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

Salyan 20201214
यस्तै प्रभाकर माविका सहायक प्रधानाध्यापक पुष्कर विसिले पनि सहयोग रकम बुझ्दै रकमले विद्यालयमा गठन भएको समूहले बनाएको कार्ययोजना भित्ते पत्रिका प्रकाशन, बाल अधिकार सम्बन्धि कक्षागत छलफल, सडक नाटक, बाल अधिकार सम्बन्धि लोकगीत र बाल अधिकार चेतना लायतका कृयाकलापमा सहयोग पुग्ने बताउनुभयो ।

20201214 Salyan

अन्य

भिडियो