INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको सहयोगमा उजुरी दर्ता

घरेलु हिंसा घटनाकी पीडित रास्कोट नगरपालिका–२ सिप्खनाकी २५ वर्षीया मोतिपुरा अधिकारी सिम्खाडाको इन्सेकको सहयोगमा असार ३० गते उजुरी दर्ता भएको छ ।

२४ वर्षीय पति ललिराज सिम्खाडाले घर निकाला गरेपछि उजुरी दर्ता गर्ने दस्तुर पनि नपाएर जिल्ला सदरमुकाम मान्म स्थित सोसेकको सुरक्षित आवास गृहको आश्रयमा बस्दै आएकी पीडितलाई इन्सेक कालिकोटले सहयोग गरेपछि पीडितको उजुरी जिल्ला अदालतमा दर्ता भएको हो ।

“पतिले खान लाउन नदिएर एक वर्षको नाबालक छोरासहित घरबाट निकाले पछि  तीन महिनादेखि शुभकालिका गाउँपालिका–३ स्थित माइतिको घरमा बस्दै आएको र कानुनी उपचारका लागि जिल्ला अदालतमा आउदा उजुरी दर्ता गर्ने दस्तुर नपाएर राेकिएकाे थियाे । इन्सेकले सहयोग गरेपछि खाना खर्च,छोराको लालन पालनसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता भयो ।” पीडित सिम्खाडाले भन्नु भयो ।

पीडित महिलाको रास्कोट नगरपालिका–२ का २४ वर्षीय ललिराज सिम्खाडासँग २ वर्ष अगाडि समाजिक परम्परागत अनुसार विवाह भएको थियो । विवाह भएको एक वर्ष पछि पति ज्याला मजदुरीका लागि भन्दै भारत गएको र तीन महिना अगाडि फर्केर घरबाट निकाला गरेका थिए ।

पीडितले तत्काल उजुरी दर्ताको लागि सहयोग भएपनि आर्थिक अवस्था नाजुक भएकाले थप कानुनी प्रकृयामा जान आवश्यक सहयोगका लागि इन्सेक  जिल्ला प्रतिनिधि मार्फत इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिनु भएको छ ।

इन्सेक कर्णाली प्रदेशका कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले पीडितलाई कानुनी प्रकृयामा सघाउन थप सहयोग गरिने प्रतिवद्धता जनाउनु भयो ।

 

Photo20240714Kalikot

अन्य

भिडियो