INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको समन्वयमा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल

परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा ०८१ असोज ४ गते कार्यक्रम सम्पन्न भएको हो ।

Photo20092024Humla1

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० ओटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरी मानव अधिकारकर्मी उत्पादन गर्नुका साथै मानव अधिकारको प्रत्याभूति गर्ने उद्दश्यका साथ हुम्ला जिल्लामा पनि यो कार्यको थालनी गरिएको रोयम नेपाल, कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै संयोजक विकले हुम्ला जिल्लामा पनि मानव अधिकारका क्षेत्रलाई क्रियाशील बनाई सरोकारवाला निकायले गरेका मानव अधिकार उल्लङ्घनका विषयमा उठान गर्ने मानव अधिकार रक्षक सञ्जाल गठन गर्न थालेको उल्लेख गर्नुभयो ।

Photo20092024Humla2

संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर मानव अधिकार रक्षक सञ्जाल गठन गर्न थालेको छ । उक्त सञ्जाल गठनका लागि इन्सेकको पनि ठूलो भूमिका रहेको भन्दै रोयम नेपालले इन्सेकको सहकार्यमा उक्त कार्य गरेको छ ।

जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि रोयम नेपालले पहिलोदिन इन्सेक, गैरसरकारी महासङ्घ, नेपाल पत्रकार महासङ्घ, मानव अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्था, नागरिक समाज र गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई सहभागी गराई युवा मानव अधिकार रक्षक सञ्जालमा समावेश गरिनुका साथै युवाहरूको नाम समेत पहिचान गरिएको छ ।
२५ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनपछि सो कमिटीले जिल्लाभरीको बस्तुस्थितिलाई बुझि त्यसको पहलकदमी गर्ने भएको छ भने जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।

Photo20092024Humla

Photo20092024Humla3

अन्य

भिडियो