INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

कोशी गाउँपालिकामा इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम मङ्सिर २५ गते सम्पन्न गरिएको छ ।

मङ्सिर २५ गते सुनसरीको कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले स्थानीय सरकार मानव अधिकारप्रति प्रतिबद्ध रहेको जनाइन् ।

यादवले कोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा गाउँपालिकाको तर्फबाट निजी श्रोतका शिक्षक राखेर शिक्षाको अधिकारको लागि काम गरेको र कोशीका आठ ओटै वडामा जनताको लागि स्वास्थ्य चौकी सथापना गरेको, प्रायः स्थानीय सरकारको काममा मानव अधिकार र मौलिक हकमा तोकिएका हकहरूको पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी काम गरिरहेको अध्यक्ष महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

उहाँले गाउँको सरकारी सेवादेखि भौतिक संरचनासम्म र लक्षित कार्यक्रमहरू समेत मानव अधिकारमैत्री ढंगबाट काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यादवले आफ्नो गाउँको सबै विद्यालयमा बालमैत्री पठनपाठन, गाउँका आठ ओटा वडामा निर्माण हुन लागेको स्वास्थ्य संस्थाहरू पूर्ण मानव अधिकार र आपांगमैत्री बनाउने काम सुरू गरेको बताउनुभयो ।

कार्यक्रममा कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले स्थानीय सरकार, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि काम गरिहेको र इन्सेकको परियोजनाले थप प्रेरणा दिने बताए ।

उहाँले यहाँ रहेकाले बालबालिकाहरूको शिक्षासँगै अन्तरनिहीत प्रतिभाहरू प्रस्फुटन गराउन काम गर्ने गरेको बताए ।

गिरीले गाउँमा भएको सबै समूह र संस्थाहरू मलेर गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक गुणस्तर कायम गर्नका लागि सहकार्यको भुमिका समेत निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोशी गाउँपालिका ४ का वडा अध्यक्ष अमिन नेपाली मियाँले गाउँमा मानव अधिकार समूहलाई सहयोग गर्ने बताउनुभयो ।

photo20191214sunsari (1)

photo20191214sunsari (2)

photo20191214sunsari (3)

photo20191214sunsari (4)

photo20191214sunsari (5)

अन्य

भिडियो