INSEC Online

📅 २०८३ जेष्ठ २१

आवासविहीन जनताका लागि एकीकृत बस्ती निमार्ण गर्छौः जनप्रतिनिधि

अर्जुनधारा नगरपालिकाका आवासविहीन स्थानीय जनताका लागि एकीकृत बस्ती निर्माण गरी बसोबासको व्यवस्था मिलाउने अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा सेवाप्रदायक र सेवाग्राहीबिच अर्जुनधारामा मङ्सिर ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगर र मानव अधिकार समूह अर्जुनधाराले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रानाले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

संविधानमा व्यवस्था भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकार सुनिश्चितता गर्न नगरपालिका प्रतिबद्ध रहेको प्रमुख रानाले गास, बास, कपास र रोजगार मानिसको जन्मसिद्ध अधिकार भएकाले यी अधिकारको रक्षा गर्ने कार्यको थालनी गर्न अर्जुनधारा नगरपालिकाको खुदुनाबारीमा दुई बिघा क्षेत्रफलमा रहेको नगरपालिकको जग्गामा आवास निर्माण गर्ने कार्यको छिटै सुरूआत गरिने बताउनुभयो । उहाँले ती आवासमा घरवारविहीनलाई बासको व्यवस्था गरिने जानकारी दिनुभयो ।

सो नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले पुस १ गतेदेखि उपमेयरसँग आमा शिशु कार्यक्रम लागू हुने जानकारी दिनुभयो ।

सहभागीले मिर्गौलाको अवस्थाको बारेमा  निःशुल्क परीक्षण गर्न माग गरेकोमा कार्यक्रमस्थलमै उहाँले वर्षको एकपटक अर्जुनधारा नगरपालिकाका जनतालाई मिर्गौलाको परीक्षण निःशुल्क गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कृषि शाखा प्रमुख दीपक गिरीले कृषकको निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गर्ने बताउनुभयो ।

Photo 20191216 Jhapa (1)

Photo 20191216 Jhapa (2)

अन्य

भिडियो