स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत माईजोगमाई गाउँपालिकामा फागुन १७ गते आवासको अधिकार सम्बन्धी अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक प्रदेश १ कार्यालयको विराटनगरको आयोजना तथा मानव अधिकार समूह जोगमाईको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रम माइजोगमाई गाउँपालिका प्रमुख जीतबहादुर राईले मानव अधिकार निगरानी समूहले शिक्षा स्वास्थ्य खाद्य र आवासको अधिकारका सवालमा गाउँपालिकाका समस्या पहिचान गरी आफूहरुलाई सहज भएको बताउनु भयो । उहाँले मानव अधिकार निगरानी समूहले आवासको अधिकारका सवालमा उठाएका समस्याहरुलाई सम्बोधन गर्दै जाने बताउनु भयो ।
गाउँपालिकाका योजना तथा प्रशासन शाखा अधिकृत गोकुल सञ्लेलले इन्सेकले मानव अधिकार समूहमार्फत गाउँपालिकालाई शिक्षा स्वास्थ्य खाद्य र आवासका सवालमा योजना बनाएर कार्य सम्पादन गर्न सहज भएको बताउनु भयो ।
सो अवसरमा इन्सेक सहजकर्ता नारद चाँपागाइले गाउँपालिका -५ मा सुकुम्वासी समस्या रहेको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सेवाग्राहीले गणेश राईले राज्यले ५० हजार रुपियाँ सहयोग गरेपनि त्यो प्रर्याप्त नभएको बताउनु भयो । उहाँले सुकुमवासीहरुका समस्या समाधानका लागि गाउँपालिकाले कार्यविधि बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
