INSEC Online

📅 २०८३ जेष्ठ २१

आधारभूत स्वास्थ्य केन्द्र दुई बजे बन्द हुँदा सेवाग्राही मर्कामा

नारायण नगरपालिका–१ को कुइकानामा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र दुई बजे नै बन्द हुँदा सेवाग्राही मर्कामा परेको स्थानीयले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रम अन्गर्तत असोज १२ गते स्वास्थ्य संस्थामै सेवाग्राही र सेवाप्रदायकबिचको अन्तरक्रिया कार्यक्रममा स्थानीय मीना नेपालीले दिउँसो दुई बजे नै स्वास्थ्यकर्मी फर्किने गरेको समस्या दर्शाउनुभयो ।

कुइकाना आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको एक वर्ष अवधिमा आधुनिक भवन भएपनि औषधि अभावले सेवाग्राही जिल्ला अस्पताल वा निजि मेडिकलमा जानुपरेको स्थानीय तुलसी कार्कीले बताउनुभयो ।

Photo20210929Dailekh 1

स्वास्थ्य सेवा केन्द्रप्रति विश्वास जगाउन नगरपालिकाले पर्याप्त औषधि व्यवस्था र सुरक्षित सुत्केरी सेवा सञ्चालनमा तत्परता लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य केन्द्रका अनमी पुष्पा थापाले सीमित साधन स्रोतमा सेवा दिइरहेको र प्राप्त सुझावका आधारमा सेवालाई थप प्रभावकारी बनाउँदै लिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिका–१ का सदस्य सन्तकुमारी रामजाली, नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष रेखा थापा, इएलपी परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले स्वास्थ्य सेवा प्रभावकारिता र मानव अधिकारको सवालमा विचार राख्नुभएको थियो ।

Photo20210929Dailekh 2

अन्य

भिडियो