INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागी तथा डढेलो नियन्त्रणको मागगर्दै समूहले ध्यानाकर्षण पत्र बुझायो

मानव अधिकार समूह पञ्चपुरीले आगलागी तथा डढेलो नियन्त्रणको मागगर्दै डिभिजन वन कार्यालय भेरी, वावियाचौरको ध्यानाकर्षण गराएको छ ।

समुदायमा खडेरी सुरु भएसँगै आगलागीका घटना बढदै गएको सन्दर्भमा यसले वातावारण संरक्षण लगायत नागरिकको स्वस्थ्य रुपमा बाँच्न पाउने अधिकारको हनन गरेको भन्दै समूहले वैशाख २० गते डिभिजन वन कार्यालय, वावियाचौरको ध्यानाकर्षण गराएको हो ।

समूहले बुझाएको ध्यानाकर्षण पत्रका विषयमा आवश्यक कारबाही गर्न योजना शाखालाई निर्देशन दिइएको डिभिजन वन कार्यालय, वावियाचौरका प्रमुख बसन्त बाबु श्रेष्ठले जानकारी दिनु भयो ।

ध्यानाकर्षण पत्र बुझाउनेमा मानव अधिकार समूहका कर्णाली प्रदेश संयोजक पदम सार्की लगायतका समूहका सदस्यहरूको उपस्थिति रहेको इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले बताउनु भएको छ ।

20230504_Surkhet Photo (1) 20230504_Surkhet Photo (2) 20230504_Surkhet Photo (3)

अन्य

भिडियो