INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

pic 1 (5)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व ०८१ असार १४ गते सिरहामा अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ ।

उक्त कार्यक्रममा इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारले सन २०२४ जनवरीदेखि जुनसम्मको मानव अधिकारको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत प्रतिवेदनमा जिल्लामा ७० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु सङ्कलन गरीएको थियो । जसमा बालिका बलात्कारका पाँच ओटा घटना, यौन दुर्व्यवहारका तीन, महिला बलात्कारका नौ, परिवारजनबाट हत्या आठ, बहुविवाह सात ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । ७० ओटा घटनामा १३ पुरुष र ६३ महिला गरी ७६ जना पीडित भएका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले इन्सेकले प्रकाशन गर्दै आएकाे नेपाल मानव अधिकार वर्ष पुस्तकबाट हामिले धेरै सिक्ने गरेको बताउनु भयो । मानव अधिकार रक्षाको लागि नेपाल प्रहरी अग्र पंक्तिमा रहेका हुन्छन्  उहाँले बताउनु भयाे । घटना मोडिएर आउने हुँदा सिरहा जिल्लामा प्रहरीको समय वास्तविक पीडितको पहिचान गर्नमै गइरहेको डिएसपी विष्णु प्रसाद सोतीले बताउनु भयो ।

त्यसैगरी, प्रहरीले अपराध अनुसन्धान र अपराधी समाउन समय खर्चिनु पर्नेमा भन्दा पनि अन्य गतिविधिमा समय दिनु परेको डिएसपी विष्णु प्रसाद सोतीले बताउनु भयो । सबै क्षेत्र तथा निकायले आआफनो जिम्मेबारी इमान्दारीका साथ प्रयोग नगर्दा प्रहरी नउभिएसम्म पोल जडान नहुने, जग्गा नापि नहुने, बाटो तयार नहुने जस्ता काममा प्रहरी उभिनु पर्ने बाध्यता रहेकोले शान्तिपूर्ण समाज निर्माणका लागि सबै क्षेत्र क्रियाशिल हुनु पर्ने डिएसपी सोतीले बताउनु भयो ।

लहान नगरपालिकाका न्यायीक समितिका सदस्य रामकुमारी दासले न्यायीक समितिमा जग्गा विवाद, साध सिमाना, बाटो विवाद सम्बन्धी  उजुरी आउने गरेको बताउनु भयो । साथै न्यायीक समितिमा आउने फौजदारी मुद्दाहरु प्रहरीमा रेफर गर्ने गरेको न्यायीक समिति सदस्य रामकुमारी दासले बताउनु भयो । यो वर्षमा न्यायीक समितिमा दर्ता भएका मुद्दहरू मध्ये ७५ ओटा मुद्दा मिलापत्र गराएको उहाँले बताउनु भयो ।

समग्र जनउत्थान केन्द्र, लहानका कार्यकारी निर्देशक तथा अधिकारकर्मी देवराज पोखरेलले मानव अधिकारको क्षेत्रमा इन्सेकले सराहनीय भूमिका खेलेको बताउनु भयो । इन्सेकाले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तक नेपाली तथा गैर नेपालीहरूका लागि श्रोत पुस्तिकाको रुपमा रहेको उहाँले बताउनु भयो ।

मुत्ति नेपालकी अध्यक्ष देवकुमारी महराले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक ७७ ओटा जिल्लामा भएका सबै प्रकारका मानव अधिकार उल्लङ्घनका घटनाहरूको लिखित दस्तावेज भएको र यसले नेपालको मानव अधिकारको अवस्थालाई चित्रन गरेको बताउनु भयो । इन्सेक प्रतिनिधि एक्लैले जिल्लाका सम्पूर्ण घटनाहरू समेट्न नसक्ने भएकोले हामी सबै सूचनाको श्रोत भई सहयोग गर्नुपर्ने र पीडितलाई न्यायको लागि पहल गर्न सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले सुझाब सहित मानव अधिकार वर्ष पुस्तक उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ।

pic 1 (7)

pic 1 (4) (1)

pic 1 (3) (1)

pic 1 (1) (2)

अन्य

भिडियो