INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिलाई समाजमा अमानविय व्यवहार गरिन्छः अध्यक्ष सुवेदी

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष खोमराज शर्मा सुवेदीले मानिसको रुपमा जन्मिएको भए पनि अपाङ्गता भएकालाई मानिसको व्यवहार नगर्ने गरेको गुनसो गर्नुभएको छ ।

अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा), आईएनएफ नेपाल हरियो खर्क अस्पताल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र अपाङ्गता सरोकार संघ लगायतका संघ संस्थाको आयोजनामा २०८१ वैशाख १४ गते म्याग्दीको बेनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा शर्माले उक्त धारणा राख्नु भएको हो ।

बेनीमा आयोजित विपद् व्यवस्थापन समिति एवम् सरोकारवालाहरु बिच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनिकरण सम्बन्धि अन्तरक्रियामा प्रस्तुतीको क्रममा शर्माले अपाङ्गता भएका व्यक्ति देशकै नागरिक भए पनि अनागरिकको व्यवहार गरिने गरेको गुनासो गर्नुभएको हो ।

उहाँले अपाङ्गता कसैको व्यक्तिगत तथा निजी समस्या नभएर सामाजिक समस्या भएको घारणा राख्नु भयो । उहाँले भन्नुभयो–‘दृष्टि विहिनले भित्तामा टासिएको पोष्टर पढ्न नसक्नु उसको समस्या भन्दा पनि पोष्टर दृष्टि विहिनले पढ्न नसक्ने खालको टासिएकाले समस्या भएको हो ।’ उहाँले म्याग्दीमा ५ हजार १ सय ५ जना अपाङ्गता भएका मानिस रहेको २०७८ को जनगणनाले देखाएको भए पनि त्यो संख्या विश्व स्वास्थ्य संगठनको तथ्य सँग नमिल्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले विपद्मा अपाङ्गता भएका नागरिकलाई पहिलो प्राथमिकतामा राखिनु पर्ने तर्फ सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘विपद् पछिको राहत तथा उद्दारमा समावेशीता हुनै पर्छ, अहिले सम्म थाहा नभएर भन्दा पनि त्यसलार्य संवेदनशिल तवरले नहेरिएकोले समस्या भएकोले अब जिल्लामा हरेक स्थानमा अपाङ्गता प्राथमिकतामा राख्न पहलकदमी गरिने छ ।’ अपाङ्गताको सवालमा भन्दा जिल्ला समन्वय समितिको सभाहलनै अपाङ्गता मैत्री छैन, तर नयाँ बन्ने संरचनालाई भने अपाङ्गतामैत्री बनाउन निर्देशन गर्न नै सम्बन्धित निकायलाई अनुरोध गरिएको उहाँको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि रमेश कुमार पुन, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा)का संस्थापक अध्यक्ष गिरीधारी सुवेदी, दिपक तिमिल्सिना, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का गण्डकी प्रदेश प्रमुख शिव खकुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

photo2081-1-14myagdi

photo1 081-1-14myagdi

अन्य

भिडियो