अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले अपहरण तथा बेचबिखन घटनाकी पीडित १७ वर्षीया बालिकालाई ०८१ मङ्सिर ३० गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित बालिकालाई ०८० असार १४ गते पर्सा गाउँपालिका-१ सग्रामपुरकी ४५ वर्षीय रामबेसर देवी यादवले अपहरण पश्चात बेचबिखन गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रशासन कार्यालय मलंगवामा ०८० माघ २५ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० माघ २६ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रशासन कार्यालय मलंगवाका सहायक सिडिओ होम प्रसाद घिमिरेले जानकारी दिनु भयो ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले पीडित बालिकालाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।