इन्सेक र मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयको समन्वयमा तथा राष्ट्रिय महिला आयोगको आयोजनामा एकल महिलाहरुको सुरक्षा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणका लागि प्रदेशस्तरको सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम वैशाख १४ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समूहका प्रतिनधिले कार्यपत्र प्रस्तुतगर्नु भएको थियो भने सामाजिक विकास मन्त्रालयका महिला विकास कार्यक्रम अधिकृत अनिता ज्ञवालीले मन्त्रालय अन्तर्गत महिला विकासका लागि नीति तथा कार्यक्रमहरुको बारे प्रस्तुती गर्नु थियो । कर्णाली प्रदेशमा एकल महिलाहरुको लागि भएको कार्यक्रम र अगामी दिनमा महिलाका सवालहरुलाई कसरी समाबेश गर्ने बारे छलफल भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश सभाका सभामुख नन्दा गुरुङले एकल महिलाको धेरै समस्याहरु रहेको र ति समस्याहरु समाधानका लागि सबै सरोकारवाला मिलेर अगाडि बढ्ने बताउनु भयो । महिलाहरु विभिन्न किसिमका विभेद भोग्दै आएकाछन् । एकल महिलाको हक र अधिकार विषयलाई नीतिमा समाबेश गरिनुपर्नेमा जोड दिनु भयो ।
यसै गरी, एकल महिलाको समस्या हामी सबैको समस्या रहेको कर्णाली प्रदेश सभाका उप सभामुख यशोदा न्यौपान बताउनु भयो । समाजमा महिलाहरुले धेरै समस्याको सामना गर्दैआएकोले अब नीतिगतरुपमा समाधान खोज्नुपर्ने उहाँले बताउनु भयो ।
कर्णालीप्रदेश सभा सदस्य दक्षिणा शाहीले एकल महिलाका सवालमा सदनमा अवाज उठाउदै आएको बताउनु भयो । महिला भएररै समाजमा विभेदमा पारिएको छ, त्यसै एकल महिलाको सवाललाई ओझेलमा रहेकोले यसलाई कानुन बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
मानव अधिकार राष्ट्रिय पाँचौ कार्ययोजनाको विशेष जोड दिएको तर प्रभावकारी कार्यान्वयन नभएको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बताउनुभयो । कर्णाली प्रदेशमा इन्सेक तथा जिल्ला समन्वय समितिमार्फत अभियानको रुपमा कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
यसै गरी , कार्यक्रम छलफलले मात्रै हुदैन । नीतिगत कुरामा छलफल गरी कार्यान्वयमा ध्यानदिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले बताउनु भयो । मन्त्रालय अन्तर्गत भएका कार्यक्रमको प्रभावकारी रुपमा अनुगमन नहुने गरेकोले उहाँले बताउनु भयो ।
एकल महिलाहरुको सुरक्षा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणका लागि प्रदेशस्तरको सरोकारवालाहरु सँग अन्तरक्रियबाट आाएका सुझाहरु सिफारिस गर्ने राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बताउनु भयाे । महिलाको हक अधिकारको संरक्षण र संवर्द्धन, लैङ्गिक समानता र सशक्तीकरण तथा लैङ्गिक हिंसा नियन्त्रणको क्षेत्रमा संवैधानिक आयोगको रूपमा क्रियाशील भएर काम गर्दै आइरहेकाे उहाँले जानकारी दिनुभयाे । सबै सराेकारवालाहरु मिलेर एकल महिलाहरुको सुरक्षाका सवालहरुमा नीतिगत रुपमा समाबेश गराउन पहल गर्नु पर्नेमा जाेड दिनुभयाे ।
अन्तरक्रिया कार्यक्रममा ,वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनाल , कर्णालीप्रदेश प्रहरी कार्यालयका एसएसपी वीर बहादुर वली , सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमाल र इन्सेकका पुरन प्रसाद चाैधरी लगायतले बोल्नु भएको थियो ।


