INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा–६ का ३६ वर्षीय शेरबहादुर वलीलाई कपाल चारपाटे मुण्डन गरी जुत्ताको माला लगाएर बजार परिक्रमा गराएको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–९ का ३५ वर्षीय पर्साराम बिकलाई गिरफ्तार गरेको छ ।

आपसी लेनदेनको विषयमा विवाद हुँदा विकले चैत ४ गते वलीलाई चारपाटे मुण्डन गरी जुत्ताको माला लगाएर तुलसीपुर बजार घुमाएको भन्दै पीडित पक्षले चैत ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि प्रहरीले चैत ५ गते नै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो