हिमाली क्षेत्रको चिसोमा बसिरहेको बेत्रावतीको हपहपी गर्मीले लखतरान भएका छन् हाकु गाविसकी महिला स्वयम्सेविका बुटी तामङ भन्दै थिईन् हाम्रो गाविसको दुई ओटा वडा नै विनाशकारी भूकम्पले बढारेपछि विस्थापित हुनु पर्यो । ‘बालबालिका, बृद्ध बृद्धाहरू सबै गर्मीले बस्न नसकेर र्फकने कुरा गर्छन् पहिरोमा कहाँ र्फकने कहाँ बस्ने कहाँ खाने ।‘

विस्थापितहरूको दुःख निकै छ , आफ्नो घरगाउँ नै पुरै पहिरोले बगाएपछि सम्पत्ति, जायजेथा छाडेर हिँडेपछि कहाँ सयौँ परिवार उठिबास लाग्दाको अवस्थामा बास, खानेपानी, शौचालयलगायत धेरै समस्या छ । आफ्नो थातथलो छाड्नेको पीडा भनेर साध्य छैन कमाएर खाने जग्गा जमिन छैन कहाँ के गरिखाने – स्थानीय लाक्पा तामाङले भने ‘ बृद्धबृद्धाको बिजोग र बालबालिकाको भविष्य अन्धकार हुने नुवाकोटको गेर्खु र मनकामना गाविसमा पुगेका उनीहरूको दुःखेसो छ अव बालबालिकाहरू कहाँ पढ्छन् –
हाकु, डाडागाउँ, ठूलोगाउँ गाविसका केही वडाहरू पूरै उठिबास लागेका छन् भने अरु वडा पनि वर्षातमा बग्ने खतरामा छन् । मैलुङ जलविद्युत तथा अन्य संरचनाहरू पुरिएर ध्वस्त छन् । २ सय १६ मेगावाट माथिल्लो त्रिशूली आयोजनामा कार्यरत कर्मचारी तथा रोल्पा, दाङ र ओखलढुङ्गाबाट जिल्लादेखि मजदुरी गर्न आएका कामदारहरू पनि धेरैजना बेपत्ता छन् ।

कूल ७ सय ५० घरधुरी रहेको हाकु गाविसमा अहिले वडा नम्बर १ का लगभग सय घरमात्र आफ्नै थलोमा छन् । अरुले आफ्नो थातथलो छाडेर हिँडेका छन् । हाकु गाविसका ८ र ९ वडाका २ सय ४३ परिवार बेत्रावती र कालिकास्थानमा त्रिपाल टाँगेर बसेका छन् । बाँकी वडा नं २,३,४,५, ६ र ७ का ४ सय २० परिवार सदरमुकाम धुन्चेतर्फलागेका छन् ।
हाकु गाविस -८ का लाक्पा तामाङले भने हामीले पालेका पशुपंक्षी छाडेर २ दिन लगाएर बेत्रावती आएको बताए । अहिले उनीहरू बालबालिका, बृद्धबृद्धा, अपाङ्गता भएका, गर्भवती, सुत्केरी कष्टकर जीवन बिताइरहेका छन् ।
हाकु गाविस सहायक डाडागाउँ गाविस-९ लुम्राङ ८ करुमर्याङ, वडा नं ७ काम्लुङ, मैलुङ, सिरुचेत भदौरे र चिप्टेटी वडा नं ५ कटुन्जे वड नं २ सिम्लेका गरी २ सय ५० घर उठिबासको अवस्था आएको गाविस सहायक आशाकाजी गुरुङ बताउँछन् । गुरुङले भने ‘ पुरै गाउँहरू जोखिममा छन् वर्षातमा बस्न नहुने गरी चिराफारा भएकोले बग्ने खतरामा छ । ‘
ठूलोगाउँ वाड नं ६ का लयुँ, छाप भदौरे, वडा नं ७ का सालिम भित्ता र पौडेल टोलका केही घरहरू उठिबास लागेको अन्य पनि खतरामा छन् । वडा नं ८ चिप्लेटी , मथिल्लो सिम्ले र तल्लो सिम्ले बस्ती उठेको र वडा नं ९ पैरेगाउँ खतरामा रहेको स्थानीय ठूलोगाउँ गाविस सहायक अजय लामाले बताए । भूकम्पले हल्लाउन कम भएपनि अव वर्षातको त्रासले सताएको छ ।

लाङटाङमा विनाहकारी भूकम्पसँग आएको हिमपहिरोबाट बचेका ४ सय ८८ जनाको तत्काल हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको थियो । स्वयम्भुको पहेँलो गुबामा रहेका उनीहरू पनि गर्मीले बस्नै नसक्ने भएका छन् ।
नुवाकोटको मनकामना गाविस स्थित शान्ति बजार र बेत्रावतीमा बस्ने हाकु, डाडाँगाउँ गाविसका बिस्थापितहरूलाई सुरक्षित स्थानमा पुर्नवास गुर्नको कुनै विकल्प देखिँदैन ।