INSEC Online

📅 २०८३ जेष्ठ २१

सहरका सुनसान सडक ! (फोटो फिचर)

कोभिड–१९ सङ्क्रमणका कारण काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूद्वारा वैशाख १६ गतेबाट निषेध आदेश जारी छ । पटकपटक थप गरी हालसम्म सो आदेश जारी नै छ ।

जेठ १७ गते बिहानसम्म पूर्ण र आंशिक गरी ७५ जिल्लामा निषेध आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या भए प्रमुख जिल्ला अधिकारीले निषेध आदेश जारी गर्नसक्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेध आदेश जारी गर्न सक्ने अधिकार जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेध आदेश जारी गरेका हुन् ।

निषेध आदेशका बेलामा पनि बजारमा भिड कम नभएको भन्दै जेठ ११ गते थप कडाइका साथ निषेध आदेश जेठ २० गतेसम्मका लागि थप गरिएको छ । निषेध आदेशका बेलामा इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले काठमाडौँका सुनसान सडकका फोटो लिनुभएको छ ।

photo20210531kathmandu (1)

photo20210531kathmandu (2)

photo20210531kathmandu (3)

photo20210531kathmandu (4)

photo20210531kathmandu (5)

photo20210531kathmandu (6)

photo20210531kathmandu (7)

अन्य

भिडियो