INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ताको खोजीमा पीडित आफन्तहरु

युवराज घिमिरे

कञ्चनपुर

श्रीपुर गाविस २ मैनाहा गाउँमा बस्ने ३२ वर्षीय जंगबहादुर चौधरी ०५९ असोज २ गते साँझ ५ बजेतिर खेतमा धान काटिरहेका थिए । यसैबेला इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक प्रकाश चन्दको नेतृत्वमा रहेको प्रहरी टोली त्यहाँ आइपुगी जंगबहादुर चौधरी को हो भन्दै सोधखोज गरी उनलाई समातेर प्रहरी भ्यानमा राखेर इलाका प्रहरी कार्यालयमा लगे ।

गिरफ्तारीपछि जंगबहादुरका परिवारजन उनको खोजी गर्न इप्रका जाँदा उनलाई सेनालाई बुझाएको जवाफ दिइयो तर कुन ब्यारेकमा लगियो भन्ने कुरा खुलाइएन । कहिले कञ्चनपुरस्थित अर्जुनी ब्यारेक छ भनियो भने कहिले कैलालीस्थित तेघरीमा छ भन्ने जवाफ आयो । ती सबै स्थानमा गएर खोज्दा समेत जंगबहादुर त्यहाँ नभएको जानकारी दिइयो ।

भाइ अहिलेसम्म बेपत्ता छ, कहाँ गयो मेरो भाइ – जंगवहादुरका दाजु धनबहादुर चौधरीको प्रश्न अनुत्तरित छ । इन्सेक शान्तिका लागि अभियान कार्यक्रम कञ्चनपुरको कार्यालयमा उनले ०६२ असार २६ गते मात्रै बेपत्ता भाइको खोजीको पहल गरि दिन लिखित अपील गरेका छन् तर हालसम्म केही पत्ता लागेको छैन ।

नेपाल सरकार र नेकपा माओवादीबीच सम्पन्न विस्तृत शान्ति सम्झौता मार्फत सशस्त्र युद्ध अन्त भएको घोषणा गरिएको छ । सशस्त्र युद्धको अवस्थामा राज्यद्वारा पक्राउ गरी बेपत्ता पारिएका नागरिकहरुका आफन्त अहिले पनि उनीहरुलाई गुमाउँदाको पीडामा छटपटाइरहेका छन् । यसरी बेपत्ता भएका नागरिक र सुरक्षाकर्मीको खोजी गर्ने दायित्व राज्यको हो कि होइन – प्रश्न अनुत्तरित नै छ ।

कञ्चनपुर जिल्लामा मात्रै २०५८ साल यता राज्यद्धारा पक्राउ गरी बेपत्ता बनाइएका नागरिकहरुको अभिलेख हेर्ने हो भने देशभरि कति नागरिकहरु बेपत्ता पारिएका छन् भन्ने कुराको झलक पाउन सकिन्छ । इन्सेक कार्यालयमा परेका उजुरीहरु दिने अभिभावकहरु भन्छन्- उजुरी हाल्न जान्नेले मात्रै यहाँ उजुरी गरेका छन् । गाउँमा यस्ता थुप्रै अभिभावक छन् जो बोल्न डराएरा वा उजुरी गरे यातना दिइने धम्कीका कारण पीडा लुकाएर बसेका छन् ।

इन्सेक शान्तिका लागि अभियान कार्यक्रम, कञ्चनपुरको कार्यालयमा प्राप्त निवेदनका आधारमा कञ्चनपुर जिल्लामा राज्यद्वारा बेपत्ता पारिएका अन्य नागरिकको विवरण यहाँ प्रस्तुत गरिएको छ । बेपत्तामध्ये द्वन्द्वकै क्रममा भिडन्तमा बेपत्ता भएका केही सुरक्षाकर्मीको विवरण संलग्न छ । इन्सेकको निकै प्रयासपछि पनि यिनको स्थिति पत्ता लाग्न सकेको छैन ।

श्रीपुर गाविस २ मैनाहा गाउंमा बस्ने २४ वर्षीय नत्थुराम चौधरीलाई ०५९ साल असोज २ गते सीमाना पारीको भारतीय बजार खजुरीया बजारवाट सामान लिएर आउँदै गर्दा बेला इलाका प्रहरी कार्यालय बेलौरीनेर साइकल समेत समातेर राखियो । एकदुई दिन त्यही राखेर पछि महेन्द्रनगर पठाइदिएको भनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश चन्दले भनेको । परिवारले उनको रिहाइका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिंदा ३।४ दिनपछि आउनुहोस् भनियो ।

पछि जिल्ला प्रशासन कार्यालय जाँदा कसैले केही नबताएको भन्दै नत्थुरामका दाजु गोविन्द चौधरीले ०६२ साउन २४ गते मात्रै इन्सेक शान्तिका लागि अभियान कार्यक्रम कञ्चनपुरको कार्यालयमा बेपत्ता भाइको खोजीको पहल गरिदिन लिखित अपील गरेका छन् । नत्थुरामको पनि हालसम्म अवस्था अज्ञात रहेको छ ।

श्रीपुर गाविस २ मैनाहा गाउँ निवासी शान्ति मावि शान्तिपुरमा कक्षा ७ मा अध्ययनरत १८ वर्षीय छोटेलाल चौधरीलाई ०५९ असोज २ गते राँगा चराएर घर फर्किरहेको बेलामा घरअगाडि बाटोबाट साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश चन्दको प्रहरी टोलीले सोधपुछ गर्नु छ भनी लगे । उनलाई पछि सेनालाई बुझाएको भनियो भने अत्तरीमा बस्ने इष्टमित्रहरुले बोराडाडीमा देखेको जानकारी दिए । खोज्न जाँदा नभेटिएको भन्दै छोटेलालका दाजु धनबहादुर चौधरीले ०६२ असार २६ गते बेपत्ता भाइको खोजीको पहल गरिदिन लिखित अपील गरेका छन् ।

कृष्णपुर गाविस- ९ बलुवाफाँटा बस्ने वर्ष ४३ का जुगराम चौधरीलाई गस्तीमा गएको सुरक्षाकर्मीहरुको टोलीले ०५९ मंसिर महिनाको दोस्रो सातातिर गाउँलेहरुलाई श्री बालभक्ति प्राविमा भेला गराई सोधपुछ गर्दै कुटपीट गरी आफूसंगै लिएर गएका थिए । उनको खोजी गर्दै इलाका प्रहरी कार्यालय झलारी, बेलैरी, कञ्चनपुर जिल्ला प्रहरी कार्यालय, कैलालीको तेघरी र बोराडाडी ब्यारेकसम्म पुगेको तर केही पत्ता नलागेको भनी उनका छोरा शिवकुमार चौधरीले खाजतलास गरी पाऊँ भनी २०६२ असोज ८ गते मात्रै बेपत्ता बाबुको खोजीको पहल गरिदिन लिखित अपील गरेका छन् ।

कृष्णपुर गाविस-९ बलुवाफाँटा बस्ने वर्ष ३२ का पुनाराम चौधरीलाई गस्तीमा गएको सुरक्षाकर्मीको टोलीले ०५९ फागुन महिनाको अन्तिम सातातिर पिपलाडी गाविस-२ पडावमा गाँउ घेराउ गरी गाडीमा राखेर कुटपीट गर्दै लगे । गिरफ्तारीपछि सोधपुछका लागि बेलौरी, झलारी, कञ्चनपुरमा प्रहरीकहां सोधपुछ गर्दा केही पत्ता नलागेको भनी उनकी पत्नी फगुनदेवी चौधरीले खाजतलास गरी पाऊँ भनी ०६२ असोज ८ गते मात्रै बेपत्ता पतिको खोजीको पहल गरिदिन लिखित अपील गरेकी छन् ।

कृष्णपुर गाविस- ९ बलुवाफाँटा बस्ने वर्ष३० का तारानाथ चौधरी लाई गस्तीमा गएको सुरक्षाकर्मीको टोलीले ०५९ मंसिर महिनामा कृष्णपुर- ८ मौरीफाँटाका दामोदर भट्र्राईको घर निर्माण गरिरहेको अवस्थामा समातेर लगेदेखि उनको अवस्था अहिलेसम्म अज्ञात छ । सोधपुछका लागि बेलौरी, झलारी, कञ्चनपुरमा प्रहरीकहाँ सोधपुछ गर्दा केही पत्ता नलागेको भनी उनकी पत्नी विदेशिनीदेवी चौधरीले पतिको खाजतलासको पहलका लागि ०६२ असोज ८ गते अपील गरेकी छन् ।

पिपलाडी गाविस- ६ पिपलाडी बस्ने १७ वर्षीय सुन्दर चौधरी लाई झलारीबाट गस्तीमा गएको सुरक्षाकर्मीहरुको टोलीले ०५९ भदौ ८ गते बिहान ३ बजेतिर लिएर गयो । तर हालसम्म पनि उनी फर्की नआएको भन्दै उनका बाबु कलंगबहादुर चौधरीले छोराको खोजतलास गरी पाऊँ भनी ०६२ मंसिर २४ गते लिखित अपील गरेका छन् ।

पिपलाडी गाविस- ६ पिपलाडी बस्ने १९ वर्षीया प्रदेशिनी कुमारी चौधरीलार्इर्र् झलारीबाट गस्तीमा गएको सुरक्षाकर्मीहरुको टोलीले ०५९ भदौ ८ गते बिहान ३ बजेतिर लिएर गयो । हालसम्म पनि उनी फर्की नआएकी भनी उनका बाबु छेदु चौधरीले खोजतलास गरी पाऊँ भनी ०६२ मंसिर २४ गते खोजीको पहल गरिदिन लिखित अपील गरेका छन् ।

पिपलाडी गाविस-६ पिपलाडी बस्ने वर्ष१५ का प्रकाश डगौरालार्इर्र् झलारीबाट गस्तीमा गएको सुरक्षाकर्मीहरुको टोलीले ०५९ भदौ महिनामा घरमा बसिरहेको अवस्थामा समातेर लगे । उनी हालसम्म नर्फकेका भन्दै उनका बाबु सुरत डगौराले खोजतलास गरी पाउ भनी ०६२ मंसिर २५ गते मात्रै खोजीको पहल गरिदिन लिखित अपील गरेका छन् ।

देखतभुली गाविस- ८ सिरेपट्टी बस्ने वर्ष१८ का राजु राना लाई गस्तीमा गएको सुरक्षाकर्मीहरुको टोलीले ०५९ मंसिर ५ गते राति १०/११ बजेतिर बाहिर सुतिरहेको अवस्थामा झुक्याएर कार्यक्रम छ जाऊ भनी घरमा रहेको गोरुगाडामा नै राखेर केही परसम्म लगेका र फर्काइदेऊ भन्दा आफ्नो छोरा र नाम थाहा नभएको एक जना अर्को व्यक्तिलाई समेत ट्रेक्टरमा राखी लगेको तर हालसम्म पनि छोरा फर्की नआएको भनी उनका बाबु चमरु रानाले    ०६२ माघ ४ गते खोजीको पहल गरिदिन लिखित अपील गरेका छन् ।

कृष्णपुर गाविस- ५ अत्तरीयापट्टी बस्ने वर्ष ४१ का राजाराम चौधरी (राजु)लाई गस्तीमा गएको सुरक्षाकर्मीहरुको टोलीले ०६२ माघ ३० गते आफनो घर बनाउन गाउँका मानिसहरुलाई सहयोगका लागि खबर गरेर घरतिर फर्किरहेको बेलामा कृष्णपुर- ५ को अत्तरीयापट्टीको पूर्व पश्चिम मूलबाटोबाट माओवादीको आरोपमा समातेर लगे । हालसम्म पनि घर नर्फकेको भन्दै उनकी पत्नी खड्कीदेवी चौधरीले ०६२ फागुन २ गते खोजीको पहल गरिदिन लिखित अपील गरेकी छन् ।

श्रीपुर गाविस-७ डेढिया बस्ने वर्ष २१ का निमबहादुर चौधरीलाई ०५९ चैत्र २ गते एक जना पहाडी मूलका मानिसको घरमा गोरु किन्न गएको बेलामा सुरक्षाकर्मीको टोलीले समातेर लगे । ती घरधनीले यो मानिस मेरो गोरु किन्न आएको हो भन्दा पनि नमानी सुरक्षाकर्मीको टोलीले गाडीमा हालेर लगे । उनीको साथमा रहेको गोरु किन्न ल्याएको नगद रु ६ हजार ७ सय र एक थान नयाँ साइकिल समेत सुरक्षाकर्मीले नै लगे । उनको साथमा रहेको मानिस ३५ वर्षीया कल्लुराम चौधरी हाल चन्देव मुक्त कमैया शिविरमा बसेको जानकारी दिर्दै निमबहादुरका बाबु पुनाराम चौधरीले ०६२ चैत १२ गते खोजीका लागि लिखित अपिल गरेका छैन ।

श्रीपुर गाविस- ५ मोतीपुर बस्ने वर्ष १७ का धनीराम चौधरीलाई ०५९ मंसिर २६ गते बिहान ४ बजे घरबाट सुरक्षाफौजले माओवादीको आरोपमा सोधपुछका लागि भनेर लगी दुईतीन दिन गाउँमा नै घुमाए । त्यही दिन गिरफ्तार गरिएका रामनगरका दुई जना केटाहरुलाई पनि गिरफ्तार गरी दुई दिन पछि छोडिये पनि आफनो भाइ फिर्ता नआएपछि खोजी गर्नका लागि विभिन्न इलाका प्रहरी कार्यालय, ब्यारेक र कारागार धाउँदा कही पनि पत्ता नलागेको भनी उनका दाजु रनबहादुर चौधरीले ०६३ असार ३० गते लिखित अपील गरेका छन् ।

श्रीपुर गाविस- ५ मोतीपुर बस्ने वर्ष१७ का धनिराम चौधरी धनुलाई ०५९ मंसिर २६ गते बिहान ४ बजेतिर नै भकुण्डा उखु पेल्ने कोल्हुमा काम गर्न गएको बेला माओवादीको आरोपमा सुरक्षाकर्मीहरुले सोधपुछका लागि भन्दै लगे । छोरो नफर्केपछि प्रहरी कार्यालय, ब्यारेक र कारागार धाउँदा कहीं पनि पत्ता नलागेको भनी उनका बुवा चिल्लु चौधरीले ०६३ असार ३० गते लिखित अपील गरेका छन् ।

बेल्डाडी गाविस-२ बैवाह बस्ने वर्ष ३८ का बहादुर डगौरालाई छिमेकी मुलुक भारतको टाटरगञ्जमा ०५८ फागुन २२ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएको सूचनाको आधारमा खोजी गर्दा उनको कुनै पत्तो नलागेपछि श्रीपुर गाविसको कार्यालयमा निवेदन दिएको, कारागारहरुमा खोजी गरेको तर कहीं फेला नपरेको भनी खोजतलासका लागि बहादुरका दाजु प्रेमकुमार चौधरीले ०६३ असार ९ गते लिखित अपिल गर्नु भएको । तर हाल सम्म केही पत्ता नलागेको ।

बेल्डाडी गाविस-२ बैवाह बस्ने वर्ष ३० का जीउधन डगौरालाई छिमेकी मुलुक भारतको टाटरगञ्जमा २०५८ फागुन २२ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलौरीलाई बुझाएको तर निजको कुनै पत्तो नलागे पछि श्रीपुर गाविसको कार्यालयमा निवेदन दिएको, कारागारहरुमा खोजी गरेको तर कहीं फेला नपरेको भनी खोजतलासका लागि उनका काका प्रेम कुमार चौधरीले ०६३ असार ९ गते लिखित अपिल गरेका छन् ।

श्रीपुर गाविस- ५ मोतीपुर बस्ने वर्ष १७ का भागिराम चौधरीलाई ०५९ मंसिर २६ गते विहान ४ बजेतिर घरमै सुतिरहेको बेलामा सुरक्षाफौजले माओवादीको आरोपमा गिरफतार गरी लगेको तर खोजी गर्दाखेरी कही नभेटिएकोले खोजीका लागि पहल गरी दिन भनि इन्सेक शान्तिका लागि अभियान कार्यक्रमको कार्यालयमा निजका बुवा चित्तु चौधरीले ०६३ असार ३० गते लिखित अपील गरेका छन् ।

दैजी गाविस-९ बस्ने वर्षनखुलेका रत्न निमावि दैजीमा निजी स्रोतमा काम गर्दै आएका शिक्षक सुरेश राना र सोही स्थान बस्ने र्सजुन रानालाई सुरक्षाफौजले घरमा सुतिरहेको बेलामा ०५९ साउन १० गते गिरफतार गरी लगेकोमा उनीहरुको हालसम्म कुनै पत्तो नलागेकोले खोजतलास गरी पाउ भनी उनका बुवाहरु क्रमशः अनिरुद्र राना र रामनाथ रानाल

अन्य

भिडियो