INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)

इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ ।

टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास गर्दै आएका सुकुम्बासीका प्रतिनिधिसँग छलफलसमेत गरेको छ । छलफलका क्रममा यहाँ बसोबास गर्नेहरू सबैको घरमा पानी र लेदोले क्षति पुर्‍याएको पाइएको सो टोलीमा संलग्न इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले बताउनु भयो ।

उहाँले भन्नु भयो-‘लत्ताकपडा, कापीकिताब घरबाट बाहिर निकाल्दै सुकाउँदै गरेको पायौँ । पानीले भिजेका कारण ढुसी पर्न लागेको पाइयो ।’

त्यसैगरी ललितपुरको टिकाभैरब क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे पनि सो टोलीले अवलोकन गरेको छ । सो क्रममा टिकाभैरवमा रहेको बुद्ध माविलाई खोलाले असर पुर्‍याएको र आनन्दवन अस्पताल जोखिममा रहेको पाइएको सूचना अधिकारी गौतमले बताउनु भयो ।

photo20241008kathmandu (8)

photo20241008kathmandu (10)

photo20241008lalitpur (1)

photo20241008lalitpur (2)

photo20241008lalitpur (3)

photo20241008lalitpur (4)

photo20241008lalitpur (5)

photo20241008lalitpur (6)

photo20241008lalitpur (8)

photo20241008lalitpur (9)

photo20241008lalitpur (11)

photo20241008lalitpur (12)

photo20241008lalitpur (13)

photo20241008lalitpur (14)

photo20241008lalitpur (15)

photo20241008lalitpur (16)

अन्य

भिडियो