INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दीगृह कि ब्यारेक

हेमनाथ खतिवडा

रसुवा । कात्तिक ३० गते

शिर्ष सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य हो । रसुवा जिल्लाको एकमात्र कारागार अहिले ब्यारेकमा परिणत भएको छ ।

रसुवा सदरमुकाम धुन्चेमा रहेको घ श्रेणीको जिल्ला कारागारमा प्रहरी बस्न थालेका छन् । जसको कारण कारगार ब्यारेकमा परिणत भएको छ । कारगारमा प्रहरी बस्नाले त्यहाँ रहेका २० जना बन्दीहरूमा विभिन्न समस्याहरू आइपरेका छन् ।

कारागार भवन जीर्ण अवस्थाको छ । आठ वटा कोठा रहको कारगारका ठूला कोठाहरूमा प्रहरीका जवानहरू बस्ने तथा सुत्ने गर्छन् । कारागारका दुई साना कोठा बन्दीले प्रयोग गर्न गर्ने गर्छन् । कारागारका एक महिला सहित २० जना बन्दी सोही साना दुई कोठामा बस्ने गर्दछन् । जस मध्ये एउटा कोठामा महिला बन्दी बस्ने गरेकी छिन् ।

एक कोठामा १९ जना बन्दी कोचिएर बस्नुपर्दा बन्दिहरू मारमा परेका छन् । जसले गर्दा उनीहरूको स्वास्थ्यमा समस्या पर्नथालेको छ । प्रहरी बस्नाले बन्दीलाई बस्नु र सुत्नको अलावा सरसफाईका लागी पानी दिनहुँ अपुग हुने गरेको छ ।

त्यसै त हिमाली क्षेत्र त्यसमा चिसो मौसम । कारागार भवनमा आवसको राम्रो प्रबन्ध नहुदाँ हातखुट्टा र जोर्नी सुन्नीने जस्ता समस्याले बन्दीहरू पीडित हुनुपरेको पीडित बन्दी बाबु तामाङले बताए । पटक/पटक स्थनीय प्रसासन तथा सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि सुनुवाई नभएको पिडित पेम्पा तामाङलको भनाई रहेको छ । उनले भनिन् गुनासो गर्नसमेत डर मान्ने साथीहरू छन् । गुनासोको सुनुवाई कहिले होला हामी धैर्यता गरिरहेका छौ । विगतमा आफ्ना यस्तै समस्याहरू सुनाउँदा तत्कालीन प्रमुख जिल्ला अधिकारीले टेलिफोन लाईन काट्ने आदेश दिएको पीडित पेम्पा तामाङले बताईन । कारागारका बन्दीहरूले औषधी उपचार, खानेपानीको तथा आवासको समस्या रहेको बन्दीहरूले बताएका छन् ।

कारागार सुरक्षाका लागि केहि प्रहरीहरू त्यहाँ रहे पनि प्रहरीको आफ्नै भवन अभावमा प्रहरीहरू कारगार भवनमा बस्नु परेको प्रहरीको दाबी छ । कारागार व्यवस्थापन विभागमा ताकेता गर्दा समेत विभागले बेवास्ता गरेका कारण यस्तो भएको निमित्त जेलर हिरण्यराज जोशीले जानकारी दिनुभयो ।

 

अन्य

भिडियो