निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ गर्ने दिन वैशाख ३० गते तोकीदिएपछि राजनीतिक दलहरुले उम्मेदवार छानौट गर्ने कार्यहरु सुरु गरे ।
निर्वाचन आयोगले दलहरुलाई उम्मेदवारहरुको मनोनयन दर्ताका लागि वैशाख ११ र १२ गते दुई दिन समय दियो । निर्वाचन कार्यालयले मनोनयन दर्ता गर्न दुई दिन दिएको भएपनि मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते स्वातन्त्र उम्मेदवार बाहेक ठुला राजनीतिक दलहरुले मनोनयन दर्ता गरेनन् ।
मनोनयन दर्ताको अन्तिम दिन वैशाख १२ गते मात्रै ठुला राजनीतिक दलहरुले मनोनयन दर्ता गरे । निर्वाचनलाई स्वाच्छ, निष्पक्ष र विश्वासनीय बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता निर्माण गरी कार्यान्वयनका लागि दलहरुलाई अनुरोध गरेको भएपनि मनोनयन दर्ता कै दिनदेखि दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालन गरेको पाइएन् ।
मनोनयन दर्ताका क्रममा पार्टी तथा निर्वाचन चिन्ह् अंकित झण्डाहरु, व्यानर, बाजागाजाको प्रयोग र बालबालिकहरुलाई समेत र्यालीमा सहभागि गराइएको पाइयो । यदपी वैशाख १९ गतेसम्म यस प्रदेश अन्तर्गत हिसात्मक तथा अप्रिय घटना भएका छैनन् ।
स्थानीय तह निर्वाचन २०७९ को अनुगमन गर्ने क्रममा इन्सेक प्रतिनिधिहरुले प्राप्त गर्नु भएका दृश्य सामग्रीहरु यस प्रकार रहेका छन् ।



















