INSEC Online

📅 २०८३ जेष्ठ २१

दैनिक २ हजार भूकम्प पीडितलाई खाना खुवाउँदै दीपक सिंह

ठूलाठूला भाँडामा दाल र चामल उम्लिरहेको छ । वरपर चामल र दालका बोरा लडिरहेका छन् । १५ दिन भयो उनले एक छिन पनि फुर्सद नपाएको । तीन दिनदेखि रुघाखोकी र टाउको दुख्ने समस्याले उनी ग्रस्त छन् । तरपनि विपत्तिको यस घडीमा अरुलाई सहयोग गर्न पाउँदा उनी निकै खुशी देखिन्छन् । उनको जन्मस्थल बाग्लुङ जिल्लाको बलौटेमा रहेछ । नेपालीलाई परेको दुखः आफ्नै दुखः सम्झी दिल्लीबाट नेपाल झरेका उनको बारे जति लेखे पनि अपर्याप्त हुन्छ ।

1431061132

प्राकृतिक विपत्तमा परेका नेपालीलाई लामो समयसम्म निःशुल्क रुपमा खाना पकाएर खुवाउँदा उनको मनलाई शान्ति मिलेको छ रे । पाँच जना सहयोगी साथीभाइसहित काठमाडौँको सङ्खरा नगरपालिकामा पर्ने साँखु बजारको बाहिर पट्टी एक खुला चौरीमा त्रिपाल टाँगी खाना पकाउँदै बसिरहेका दिपक सिंह भन्छन् “ नेपाल मेरो जन्मस्थल हो । नेपाली मेरा दाजुभाई हुन् । मैले उनीहरुलाई सहयोग गर्दा मलाई धर्म मिलेको छ ।

1431061193

३५ वर्षदेखि दिल्ली शिख गुरुद्वारा व्यवस्थापन समितिमा आवद्ध रहेका सिंह सानै छँदा नेपाल छाडी भारत छिरेका थिए । आफ्नो मातृभुमिलाई चोट लाग्दाआमाबाबुदाजुभाइदिदीबहिनी र छोराछोरीले ज्यान गुमाउँदा सिंहको पनि मन पोलेको रहेछ । “तर जति मन दुखाए पनि के गर्नु ! विपत्तिको सबै मिली सामना गर्नुपर्छ । सबैले सकेको सहयोग गर्नुपर्छ । मैले जानेको सीप यही हो । खाना पकाएर पीडितको सेवा गरेको छु– दीपक सिंह भन्छन् ।

1431061200

दैनिक २ सय ७५ केजी चामलको खाना पकाउने गरेका सिंहले पकाएको खाना खान साँखुसहितका सलामटारखुलालटार,खरियाकोटलप्सीफेदी लगायतका क्षेत्रबाट प्रति दिन २ हजार भूकम्प पीडित आउने गरेका छन् । असहायअशक्त बृद्धबृद्धा,महिला र बालबालिकाहलाई सिंहले पेट भरी खाना खुवाउने गरेका छन् । सिंहले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै साँखुका भूकम्प पीडित ४७ वर्षीय शंकरमान श्रेष्ठ भन्छन् “साँखु बाँसीले उहाँलाई कहिल्यै बिर्सने छैनन् ।

1431061207 1431061212 1431061218

विवेक ढुङ्गाना

अन्य

भिडियो